Breaking News

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

Banner

काठमाडौं, फागुन २२-

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कुलमानलाई हटाउनका लागि तीन दिने स्पष्टीकरण सोध्ने अधिकार दिएको हो। साथै सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त गरेको छ।

यसैगरि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन्।

२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिव लगायतको जिम्मेवारी सम्हालिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>