चितवन विशेष

नारायणी नदीमा हाम फालेका व्यक्तिको यसरी गरियो सकुशल उद्धार (तस्वीरहरू)

Banner

चितवन,फागुन ९-

चितवनको भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्ति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
भरतपुर महानगर-२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी शुक्रबार पुलबाट नारायणी नदीमा हामफालेका थिए ।

चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>