Breaking News

राजालाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी ल्याउने छौंः राजेन्द्र लिङदेन

Banner

काठमाडौं, फागुन ९-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी पुर्‍याउने बताएका छन् ।

आज पोखरामा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन आह्वान गरे । लिङदेनले पूर्वराजा ज्ञानेन्द्रले हालै गरेको आह्वानलाई सबै जनताले साथ दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजाको सन्देश आएको छ । जनताले राजाको यो आह्वानलाई साथ दिएर अगाडि आउनुपर्ने समय आयो । म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु । ए कांग्रेस, एमाले र माओवादीहरु ! तपाईंहरुले हिजो राम्रै विचारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्याउनुभयो होला । तर, दुई दशकको अभ्यासपछि अब यो व्यवस्थाले देश चल्दैन भन्ने तपाईंहरुलाई पनि लागिसक्यो । त्यसैले अब आत्मालोचना गर्नुस । देशले थप द्वन्द्व थेग्न सक्दैन । राप्रपाले द्वन्द्व र रक्तपात चाहँदैन । त्यसैले शान्तिपूर्ण बाटोबाट सम्झौताबाट देशको समस्या समाधान गरौं । आउनुस नवीन समझदारी गरौं ।’

आफूहरूले पछाडि फर्किने कुरा नगरेको लिङदेनले बताए । हिजो र आजका राम्रा कुराहरू समेटेर सबै पक्ष अटाउने व्यवस्थामा जानुपर्ने उनको मत छ । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>