चितवन विशेष

भरतपुरमा एचपिभी खोप लगाउन आए कम किशोरी, खोप लगाउने अवधि थपियो

Banner

चितवन, फागुन ४-

चितवनको भरतपुर महानगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लक्ष्यभन्दा कम किशोरीले लगाएका छन् । १६ हजार ७ सय ४८ जना छात्रालाई लगाउने लक्ष्य राखिएकोमा फागुन ४ गतेसम्ममा १२ हजार ७ सय १० जना छात्राले मात्र खोप लगाएका छन् । लक्ष्यभन्दा ४ हजार ३८ जना कम किशोरीले खोप लगाएको भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।

महानगरपालिकामा फागुन २ गतेसम्म खोप लगाउने लक्ष्य राखिएको थियो । तर, लक्ष्यभन्दा कम किशोरीले खोप लगाएपछि फागुन ६ गतेसम्म खोप लगाउने समय अवधि थप गरिएको सुवेदीले बताउनुभयो ।

भरतपुरमा माघ २२ गतेदेखि खोप अभियान जारी छ । यो अवधिमा भरतपुरको वडा नम्बर १० मा सबैभन्दा धेरै किशोरीले खोप लगाएको सुवेदीले जानकारी दिनुभयो । त्यसपछि वडा नम्बर ४ र ९ का किशोरीले खोप लगाएका छन् ।

भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई लगाउन लगाइएको हो । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका समुहका किशोरीले खोप लगाइराखेका छन् ।

यसअघि भरतपुर क्यान्सर अस्पतालमा ५ हजार किशोरीले खोप लगाएको उहाँले बताउनुभयो । भरतपुरमा खोप सेवाका लागि १ सय ९३ खोप केन्द्र, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिएका छन् । खोप अभियान चितवनसहित देशभर चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>