राजनीति
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख
०

काठमाडौं, फागुन ४
पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
ड्रेसिङ भए पनि घाउको अवस्थाका बारेमा अद्यावधिक गरिने र अहिले अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले पूर्ण रूपमा भेटघाट बन्द गरिएको चिकित्सकहरूले जनाएका छन् ।
उपचारमा प्रा. डा. प्रवीण गिरी लगायत सघन उपचार कक्षको टोली संलग्न छ ।