Breaking News
टिकौली जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, कार चालक पक्राउ
०

चितवन, फागुन ३-
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलको बीच भागमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि फरार भएको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार राति १० बजेको समयमा बा ११ च ९२४३ नम्बरको कारले ना ३० प ७९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर–९ बस्ने वर्ष ५२ को दुखिराम दराईको भरतपुर अस्पतालमा उपचारको क्रममा शुक्रवार राति ११ः१४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर भागेको कारलाई गएराति १२ः०५ बजेको समयमा भरतपुर–४ तारापुञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कार चालक भरतपुर–४ बस्ने ३६ वर्षीय प्रविन अधिकारी रहेका छन् ।