खेलकुद

भरतपुरमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह सम्पन्न

Banner

चितवन, माघ ३०-

बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना तथा नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको सह आयोजनामा भरतपुर कभर्ड हलमा चार दिनसम्म चलेको समारोह आज ९बुधबार० सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका जिल्लाबाट करिब दुई सय जना खेलाडीहरु सहभागी थिए । उनीहरुलाई चार दिनको प्रशिक्षणपछि आज दिक्षित गरिएको हो । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिईएको नेपाल कराते महासंघ तथा सितोरियो कराते संघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले जानकारी दिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी भएकाहरु मध्ये एक सय ८० जना फर्स्ट डन, १० जना सेकेन्ड डन र १० जना थर्ड डनमा बढुवा भएका छन् । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले दिक्षित गरेका थिए । सो क्रममा कार्कीले दिक्षित हुने खेलाडीहरुलाई आगामी दिनमा थप जिम्मेवार हुँदै डोजो, स्कुलका साथै राष्ट्रका लागि योदगान गर्न सुझाव दिए ।

उनले खेलाडीहरुलाई अन्तरास्ट्रिय स्तरमा नै देशको पहिचान स्थापित गर्न शुभकामना दिए । करातेकै पूर्व खेलाडी समेत रहेका कार्कीले आफ्नो अनुभव पनि सुनाएका थिए । कार्यक्रममा सितोरियो कराते संघका केन्द्रीय सचिव प्रेमलाल बम्जन, संघका जिल्ला अध्यक्ष चित्रबहादुर रानामगरलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>