खेलकुद

सूर्यपुर तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा

Banner

चितवन, माघ २९-

सूर्यपुर एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहरलाई पराजित गर्दै सूर्यपुरले फाइनलमा स्थान पक्का गरेको हो ।

बखान मिनी रगंशालामा भएको खेलमा सूर्यपुरले अभिषेक चर्चलाई ३-१ ले पराजित गरेको हो । सूर्यपुरलाई जिताउन समिराज थोकरले २ तथा मोहित गुरुङले एक गोल गरे । अभिषेक चर्चका लागि एप्पीले एक गोल फर्काए ।

दुई गोल गरेका समिराज प्लेयर अफ दि म्याच भए । सूर्यपुरले अब उपाधिका लागि पटिहानी एफसीको सामना गर्नेछ । पटिहानी पहिलो सेमिफाइनलमा शारदा युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल फागुन १ गते दिउँसो २ः३० बजे हुनेछ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>