चितवन विशेष

५ बुँदे माग राख्दै नारायणी नमुना माविमा लोकतान्त्रिक विद्यार्थी संघले बुझायो ज्ञापनपत्र

Banner

चितवन, माघ २७–

लोकतान्त्रिक विद्यार्थी संघले विभिन्न पाँच बुँदे माग राख्दै नारायणी नमुना माध्यमिक विद्यालयमा ज्ञापन पत्र बुझाएको छ । कार्यवाहक अध्यक्ष पवन पाख्रिन नेतृत्वको टिमले विद्यालयका प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाएको हो ।

लोकतान्त्रिक विद्यार्थी संघले छात्रवृत्ति वितरण प्रक्रिया पारदर्शी बनाई सूचना प्रकाशित गर्नुपर्ने, पुस्तकालय नियमित संचालन गर्न आवश्यक कदम चाल्नुपर्ने, स्वच्छ, प्रयाप्त खानेपानीको व्यवस्था गर्नुपर्ने, स्वच्छ सुरक्षित खानेपानीको प्रर्याप्तताकासहित सुरक्षित शौचालयको प्रबन्ध गर्नुपर्ने र विज्ञान प्रयोगशालामा आवश्यक सम्पूर्ण सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्ने माग राखेको छ ।

कार्यवाहक अध्यक्ष पाख्रिनले २४ घण्टाभित्रमा आफूहरुले राखेको मागको समाधान गर्न ठोस योजना सार्वजनिक नगरी बेवास्ता गरी अघि बढ्न खोजेमा यसबाट हुने हानी नोक्सानीको जिम्मेवार स्वंम विद्यालय प्रशासन हुने चेतावनी समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>