चितवन विशेष

तनहुँका विभिन्न ठाउँमा ५ दिन आँखा शिविर, ८६४ जना लाभान्वित, १२८ जनाको शल्यक्रिया

Banner

चितवन, माघ २६–

चितवनका विभिन्न सामाजिक संस्थाले तनहुँका विभिन्न ठाउँमा ५ दिन निःशुल्क आँखा शिविर संचालन गरेको छ ।

नारायणगढ लायन्स क्लव, नेपाल नेत्रज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल, भानु नगरपालिका तनहुँ र आँखा उपचार केन्द्र नारेश्वरटार तनहुँको संयुक्त आयोजनामा माघ २२ गतेदेखि २५ गतेसम्म विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर गरिएको हो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र, आँखा उपचार केन्द्र, भानु नगरपालिका र नारेश्वरटारमा गरिएको शिविरमा ८६४ जनाले आँखा जाँच गराएको कार्यक्रम संयोजक नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष लायन शान्त कुमार पियाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा जाँच गराएका मध्ये १६२ जनालाई आँखा शल्यक्रियाको लागि सुझाव दिईएको र १२८ जनाको शल्यक्रिया नै गरिएको छ ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी र नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन राजु पियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>