Breaking News

८ वर्षमा हात्तीको आक्रमणबाट चितवन निकुञ्जका ४ कर्मचारीले गुमाए ज्यान, २७ जना घाइते

Banner

चितवन माघ २५
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत ४ जना कर्मचारीले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो आठ वर्षको अवधिमा हात्तीको आक्रमणबाट तीन जना आर्मी र एक जना कर्मचारीले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । यस्तै २७ जना कर्मचारी घाइते भएको निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए ।

२०७४ सालमा मेघौली क्षेत्रमा गस्ती जाने क्रममा हात्तीले हानेर तत्कालिन सेनानी राजकुमार श्रेष्ठको मृत्यु भएको थियो । त्यस्तै २०७५ सालमा हात्तीलाई घासकाट्न जाँदा बहुरीला सरदारको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । २०७५ सालमा गस्तीको क्रममा बाग्लुङ्को जैमिनी नगरपालिका घर भई निकुञ्जको सुरक्षामा खटिएका गुप्त बहादुर थापाको पनि मृत्यु भएको थियो । पछिल्लो पटक गत असोज महिनामा हात्ती प्रजनन केन्द्र नजिक बाटोमा हिड्दै गर्दा त्यहाँ कार्यरत जदु सिंहको मृत्यु भएको सुचना अधिकारी थापामगरले जानकारी दिए । नेपालभर भने हात्तीको आक्रमणबाट ११४ जनाको मृत्यु भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>