Breaking News
रवि विरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न समिती गठन

चितवन, माघ २३-
महान्यायाधीवक्ताको कार्यालयले चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले रवि लामिछाने विरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न छानबिन समिती गठन गरेको छ ।
नायव महान्यायाधीवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा, सह न्यायाधीवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको छानविन समिति बनाएको छ ।
सरकारी वकिल कार्यालयले हिजो रविसहित १५ जना विरुद्ध मुद्दा दायर गरिएपछी न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेललाई हिजो साझ नै चितवनबाट सरुवा गरिएको थियो । सरकारी वकिलले रविलाइ संगठित अपराधमा नराखी ठगी मुद्दा मात्र दायर गरेपछि लुइँटेललाई सरुवा गरिएको हो ।अहिले उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका न्यायाधिवक्ता रवि न्यापाने चितवन आइपुगेका छन् ।