Breaking News
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
०

काठमाडौं,माघ १८-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य लिटरमा चार रुपैयााँ बढाइएको छ । निगम सञ्चालक समितिको निर्णयले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त पेट्रोलियमको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९, डिजेलमा ३.५७ ले हवाई इन्धनमा ५.७० रुपैयाँ बढेर आएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























