Breaking News

ओली नेतृत्वको सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको छः माधव नेपाल

Banner

काठमाडौँ, माघ १५-

नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएको छ।

अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै गठबन्धन सरकार निरंकुश ढंगले अगाडि बढिरहेको बताएका हुन्।

वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको एकीकृत समाजवादीले भनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीले बताएको छ।

देशमा महंगी अकासिएको तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको पनि समाजवादीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>