Breaking News

संसदमा अध्यादेशको पक्षमा एक ढिक्का हुन सांसदलाई देउवाको निर्देशन

Banner

काठमाडौँ, माघ १२-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका काम, संसदमा प्रस्तुत हुने विधयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सांसदहरूलाई निर्देशन दिएका छन्।

शनिबार सिंहदरबारमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीबाट बनेका मन्त्री र सांसदरूसँगको छलफलमा सभापति देउवाले सरकारले संसदमा प्रस्तुत हुने विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका हुन्।

ुनेपाली काँग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन सभापतिले निर्देशन दिनुभयो,ु बैठकपछि पत्रकारहरूसँग प्रमुख सचेतक श्याम घिमिरेले भने।

केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न तर संसदमा एकढिक्का हुन सांसदहरूलाई सभापति देउवाको निर्देशन छ। बैठकमा सहभागी मन्त्रीहरूले आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याउनुपरेको बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>