अन्तर्राष्ट्रिय
हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक
०

काठमाडौं, माघ १२-
हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ। हमासका अनुसार सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रिहा हुने भएका छन्।
इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ। आइतबार इजरायलमा युद्ध विराम लागु भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेका हुन्। पहिला तीन बन्दी र इजरायली जेलबाट ९० जना छाडिने छन्।
७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























