Breaking News

कप्तान पूजाको अलराउन्ड प्रदर्शनमा मलेसियामाथि नेपालको सानदार जित

Banner

काठमाडौं, माघ ११-

आइसिसी यू-१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफको खेलमा कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शन नेपालले मलेसियामाथि सानदार जित निकालेको छ।

शुक्रबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ४७ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

मलेसियाको जोहरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६.५ ओभरमा ४५ रनमै अलआउट भयो।

नेपाल समूह ‘डी’ मा तीनै खेलमा पराजित भएपछि सुपर-६ मा पुग्न असफल भएको हो। नेपालले समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार ब्यहोरेपछि १३ देखि १६औं स्थानको प्लेअफका लागि प्रतिस्पर्धा गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>