क्रिकेट

भरतपुर मेयर्स कप क्रिकेटः दोस्रो चरणका खेल सकिए, १० टिम तेस्रो चरणमा प्रवेश

Banner

चितवन, माघ १०–

ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका दोस्रो चरणका खेल सकिएका छन् ।

आज (बिहीबार) स्टेप बाइ स्टेप इङलिस स्कुल र अर्बिट इङलिस स्कुलबीचको खेल सकिएसंगै दोस्रो चरणका खेल सकिएका छन् । जसबाट १० टिम तेस्रो चरणमा प्रवेश गरेका छन् भने लक्ष्मी मावि लंकु उच्च नेटरनरेटको अधारमा सिधै लिग चरणमा छनोट भएको छ ।

दोस्रो चरणको अन्तिम खेलमा आज स्टेप बाइ स्टेपले अर्बिटलाई ४७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । स्टेप बाइ स्टेपले दिएको १२२ रनको लक्ष्य पछ्याएको अर्बिट ११.४ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो । उसका लागि परिवेश लामिछाने र करिव पुनले सर्वाधिक १२ रन बनाए ।

स्टेप बाइ स्टेपका सुजल आचार्यले ४ र आयोग्य पौडेलले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्टेप बाइ स्टेप १७ ओभरमा १२१ रन बनाउँदै अलआउट भयो । उसका लागि आषुतोस पौडेलले २६ र सुवास काफ्लेले १५ रन बनाए । अर्बिटका मुक्ति सापकोटाले ३ ओभरमा २२ रन खर्चिदै ५ विकेट लिए । उनी यसअघिको खेलमा ६ विकेट लिएका थिए । मुक्ति लगातार ५ विकेट लिने पहिलो बलर बने । राज तिमिल्सिनाले ३ विकेट लिए ।
स्टेप बाइ स्टेपका सुजल आचार्य प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा योसंगै ३२ खेल सम्पन्न भएका छन् । शनिबारदेखि तेस्रो तथा अन्तिम नकआउट चरणका खेल हुनेछ । जसबाट ४ टिम लिग चरणमा प्रवेश गर्नेछ । प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>