चितवन विशेष

लगौँटा विद्यालयमा रोटर्‍याक्ट चितवनको निःशुल्क दन्त शिविर

Banner

चितवन, माघ १०–

रोटर्‍याक्ट क्लब अफ चितवनले आधारभुत विद्यालय, लगौँटामा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

जनस्वास्थ्य डेण्टल क्लिनिक, मितेरी प्याथोलोजी र पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर–१० को प्राविधिक सहयोगमा बुधबार निःशुल्क दन्त शिविर गरिएको हो । उक्त शिविरमा १५० जनाको दन्त परीक्षण गरिएकोमा ३५ जनाको खराब दाँत निकालिएको, ८० जनाको रक्त समूह छुटयाइएको, ४० जनालाई निःशुल्क औषधी दिइएको रोटर्‍याक्ट क्लब अफ चितवनका सह–सचिव एवं कार्यक्रम संयोजक डा. बिबेक घिमिरेले जानकारी दिए ।

शिविरमा विद्यार्थी, अभिभावक तथा शिक्षक/शिक्षिकाहरुको निःशुल्क दाँत मुख तथा गिजाको परीक्षण एवं उपचार तथा औषधि बितरणका साथै रक्त समूह (ब्लड ग्रुपिङ) गरिएको हो । रोटर्‍याक्ट क्लब अफ चितवनका अध्यक्ष युगल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवन बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

क्लबको तर्फबाट डा.सरोज बलामी, डा. अजय बाबु लामिछाने, उपाध्यक्ष दिक्षान्त प्रधान, संजीव कुमार यादव, शशांक न्यौपाने, अदिति पौडेल, सुशांत रेग्मी, आस्ना अवस्थी, डे.हा. सिया कोइरालाले प्रत्यक्ष सेवा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>