चितवन विशेष
स्यालले झुक्याउँदा भरतपुरमा मोटरसाइकल दुर्घटना, चालक घाइते
०

चितवन, माघ १०-
चितवनको भरतपुर महानगरपालिका–७ दिपेन्द्र चोकमा स्यालले झुक्याउँदा मोटरसाइकल दुर्घटना भएको छ ।
बुधवार बेलुका ६ बजेको समयमा गौतम चोकबाट दिपेन्द्र चोकतर्फ जाँदै गरेको ना ५१ प ४९५१ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दै गरेको स्याल झुक्याउँदा अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–२१ बस्ने ३७ वर्षीय इश्वर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गुरुङको अनुहार र दुवै हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























