अपराध
प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक एक दिनपछि पक्राउ
०

काठमाडौं, माघ ९-
काठमाडौं ल्याउने क्रममा सिन्धुलीबाट भागेका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई प्रहरीले दुई दिनपछि पुनः नियन्त्रणमा लिएको छ ।
भोजपुरबाट काठमाडौं ल्याउने क्रममा सिन्धुलीको गोलन्जोरबाट फरार रहेका उनलाई प्रहरीले २४ घण्टाभित्रै नियन्त्रणमा लिएको हो । सिन्धुलीका एसपी गोविन्द काफ्लेले गाडी चढेर काठमाडौं जानेक्रममा प्रहरी चौकी गढीको टोलीले उनलाई नियन्त्रणमा लिएको बताए ।
मंगलबार बिहानै भागेका उनी जंगलमा बसेको र पछि मुख्य सडकमा देखिएको खबर पाएसँगै प्रहरीले निगरानी बढाएको एसपी काफ्लेको भनाई छ ।
२५ वर्षीय ग्लोरीलाई भोजपुर प्रहरीले माघ ७ गते पौवादुम्मा गाउँपालिकाबाट नियन्त्रणमा लिएको थियो । प्रहरी हवल्दारको कमाण्डमा को १ झ ६१६ नम्बरको गाडीमा राखेर काठमाडौं पठाउने क्रममा शौच गर्ने बहानामा उनी फरार भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























