अन्तर्राष्ट्रिय
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
०

सोल, माघ ९-
दक्षिण कोरियाले धावनमार्ग नजिक रहेका पक्की पर्खाल भत्काउने भएको छ ।
डिसेम्बरको अन्त्यतिर १७९ जनाको ज्यान जाने गरी विमान दुघर्टना भएपछि सरकारले देशभरका ९ वटा विमानस्थलमा नेभिगेशनका लागि बनाइएका पक्की पर्खाल भत्काइने भएको हो । उक्त दुघर्टना दक्षिण कोरियाको इतिहासको सबैभन्दा भयानक दुघर्टना थियो । सो घटनापछि सात वटा विमानस्थलमा धावनमार्ग सुरक्षा क्षेत्र बनाइएको छ ।
क्रिसमसपछि थाइल्यान्डबाट मुआन विमानस्थलमा अवतरण हुन लागेको विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो ।
उक्त दुघर्टनाको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन । तर सुरक्षा विज्ञहरूले भने धावनमार्ग अगाडि सो पक्की पर्खाल नभएको भए मृतकको सङ्ख्या निकै कम हुन सक्ने बताएका थिए । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























