Breaking News

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

Banner

चितवन, माघ ७-

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्र का अनुसार युवकमाथि निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन् ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेलले पुस १५ गते राती बाइपास रोडमा युवकमाथि निर्घात कुटपिट गरेको खुलेको छ।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो। यस्तै रातको समयमा चेकिङमा बसेका असई भुजेलले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेको भिडियोमा देख्न सकिन्छ ।

https://narayanionline.com/2025/01/370246/

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>