समाचार

सरकारले दिएको मोटरसाइकल फिर्ता गरेर घोडा चढ्छन् यी वडाध्यक्ष

Banner

चरिकोट, माघ ७-

दोलखाको तामाकोशी गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल उमेरले ५८ वर्षको भए। उनी हरेक दिन घोडा चढेर कार्यालय जाउआउ गर्छन्।

आजको गोरखापत्र दैनिकमा समाचार छ, गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष फुयाँलले गाउँपालिकाले दिएको मोटरसाइकल फिर्ता गरेर घोडा चढेका हुन्। गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोडा चढ्न थालेको उनी बताउँछन्।

तामाकोशी गाउँपालिकाले पालिकाका सबै वडाका वडाध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको थियो । आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पत्ति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको फुयाँल बताउँछन्।

‘जनताको काम गरेबापत थप सुविधा लिनु पर्छ भन्ने नलागेर मोटरसाइकल फिर्ता गरेको हुँ । अहिले पनि सबै गाउँका कतिपय स्थानमा सडक पुगे पनि मोटरसाइकल लैजान गाह्रो हुन्छ’, उनी भन्छन्, ‘घोडा चढ्ने भएकाले उकालीओराली र सडक नभएको ठाउँका जनताकोमा पुग्न सहज भएको छ।’

उनले एक लाख पाँच हजार रुपियाँमा घोडा किनेका हुन्। वडाध्यक्ष फुयाँलको अनुभवमा वातावरणमैत्री भए पनि अहिलेको समयमा घोडा चढ्न सुलभ र सस्तो भने छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>