घटना -दुर्घटना
भिरबाट लडेर मकवानपुरको पाख्रिनको मृत्यु
०

हेटौँडा, माघ ६-
भिरबाट लडेर मकवानपुरमा एक जना महिलाको मृत्यु भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर स्थानीय ५३ वर्षीया चमेली माया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेकी मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























