Breaking News

यु-१९ महिला विश्वकप: बंगलादेशविरुद्ध ब्याटिङमा नेपाल

Banner

काठमाडौँ, माघ ५-
आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ।

मलेसियामा जारी खेलमा टस जितेर बंगलादेशले बलिङ रोजेको बंगलादेशले नेपाललाई ब्याटिङो निम्ता दिएको हो। यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले बङ्गलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा छ।

गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो, जसमा नेपाल विश्वकपका लागि छनोट भएको थियो।

त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो, तर अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो। विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु-१९ महिला एसिया कपमा पनि नेपाल सहभागी हुने अवसर पाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>