अर्थ वार्ता

आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो,कति पुग्यो तोलाको ?

Banner

काठमाडौँ, माघ ४-

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>