समाचार

गृहमन्त्री आज संसदीय समितिमा जाने, राष्ट्रिय परिचयपत्रबारे छलफल

Banner

काठमाडौं, माघ ४-

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछ।

दिउँसो साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय परिचयपत्रको विषयमा छलफलका लागि गृहमन्त्रीलाई बोलाएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबारगृहमन्त्री लेखकलाई छलफल गर्न बोलाउने निर्णय गरेको थियो। राष्ट्रिय परिचयपत्रको नाममा नागरिकले पाएको हैरानीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुने सभापति खतिवडाले जानकारी दिए।

सरकारले सामाजिक सुरक्षा भत्ता लगायत क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जनताबाट समस्यामा परेको गुनासो आएकाले गृहमन्त्रीसँग छलफल गर्न लागेको सभापति खतिवडाले बताए।

गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले ८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>