घटना -दुर्घटना

डस्टबिनभित्र सालनालसमेत नकाटिएको अवस्थामा नवजात शिशुको शव फेला

Banner

प्यूठान, माघ ३-

सरुमारानी गाउँपालिका(२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।

सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।

स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>