समाचार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
०

काठमाडौँ, माघ २-
सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा आगलागीबाट प्रभावित भएकाहरुको सहयोगार्थ रु एक करोड ४१ लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यहाँस्थित जर्मनीको राजदूतावासमा आज नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र हार्ट वल्र्डवाइड नामक स्वास्थ्य सेवा प्रदायक संस्थाका सह प्रमुख सूर्य भट्टले अनुदान सहायता रकम प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
अनुदान सहायता रकमबाट हार्ट वल्र्डवाइडले जिल्लाका बाढी तथा अग्नि पीढितका साथै महिला, सुत्केरी तथा गर्भवतीलाइृ स्वास्थ्य तथा सरसफाइ सामाग्री, भाँडावर्तन न्याना सामान प्रदान गर्ने उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























