Breaking News

टुँडिखेल र खुल्लामञ्च समेत कार्यकर्तालाई दिने गरि सरकारले अध्यादेश ल्यायोः मेयर बालेन

Banner

काठमाडौं, माघ २-

भूमिसम्बन्धी अध्यादेश जारी भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले संघीय सरकारलाई ब्यंग्य गरेका छन् । बुधबार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै मेयर बालेन संघीय सरकारको आलोचना गरेका हुन् ।

‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ बालेनले लेखेका छन्,‘बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई ।’ राष्ट्रपति रामचन्द्र पौडेलले आज नै भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>