चितवन विशेष
भरतपुरमा देवी प्रतिभालाई स्वागत गर्दै रेनुले भनिन्ः उहाँ देशकै गौरव
०

चितवन,माघ १-
चितवनको देवघाटमा सुरू भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुगेकी कथा वाचिका देवी प्रतिभालाई चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरिन् । मेयर रेनुले देवी प्रतिभा देशकै गौरव भएको बताइन् । भरतपुर महनगरले जनचाहना अनुरुपको विकासका कामलाइ प्राथमिकता दिएको उल्लेख गर्दै उनले भरतपुर क्षेत्रको प्रचार र प्रवर्द्धनमा भूमिका खेल्न आग्रह गरिन् ।
सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै विकासको गति देखेर आफू खुशी भएको प्रतिक्रिया दिइन् । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा.केशव भुर्तेलले जानकारी दिए । देवघाटधाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























