खेलकुद

भुर्तेलको अर्धशतकमा पुलिसको बलियो सुरूवात

Banner

काठमाडौं, माघ १-

जय ट्रफी एलिट कप २०८१ को फाइनल खेलअन्तर्गत पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लबविरूद्ध नेपाल पुलिस क्लबले बलियो सुरूवात गरेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा खराब मौसमका कारण ढिला गरी भएको सुरू भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको समाप्तिमा १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।

पुलिसका लागि ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर खेलिरहेका छन् । उनी ५० रनमा अविजित छन् । त्यस्तै अर्जुन साउद पनि क्रिजमा छन् । त्यसअघि अमित श्रेष्ठले २० रन बनाएर आउट भएका थिए ।

आर्मीका सोमपाल कामी र साहब आलमले १-१ विकेट लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>