समाचार

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

Banner

झापा, पुस २९-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “यो सरकार अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ । उहाँलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ”, महामन्त्री शर्माले भन्नुभयो ।

नेपालभित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै महामन्त्री शर्माले बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गैरआवासीय नेपालीलाई नागरिकता दिइसकेपछि दश वर्षे प्रवेशाज्ञा ९भिसा० दिने व्यवस्था आवश्यक नरहेको बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>