समाचार

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्णः मन्त्री अधिकारील

Banner

कीर्तिपुर (काठमाडौँ), पुस २८-

कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।

डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन उद्योग ‘डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रिट्स’को यहाँ उद्घाटन गर्दै उहाँले गरिबी निवारण र महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिला नेतृत्व भएका सहकारी संस्थामा तुलनात्मक रुपमा कम समस्या देखिएको समेत उल्लेख गर्नुभयो । स्थानीय स्तरमा सञ्चालित सहकारीले महिलालाई आत्मनिर्भर बनाउँदै श्रीमानको भरपर्नुपर्ने अवस्था कम भएको आफूले पाएको उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>