अन्तर्राष्ट्रिय

हङकङको जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा

Banner

हङकङ, पुस २८-

हङकङको युनलङस्थित जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ।

शनिबार साँझ ५ः३० बजेदेखि सल्किएको आगो आइतबार बिहान १०:४० बजे नियन्त्रणमा आएको हो।

युनलङस्थित काइकङ लेङ, पाटह्युङको पहाडी क्षेत्रमा लागेको आगो ताइमो शानबाट काइकङ लेङ क्षेत्रतिर दुई लाइन भएर सल्केको थियो। अग्नि नियन्त्रकहरूले रातभरिको प्रयासपछि बिहान डढेलो नियन्त्रणमा लिएका हुन्।

साथै, बिहान सरकारी उडान सेवाले आगलागी क्षेत्रको माथिबाट पाइन खन्याएको थियो भने नागरिक सहायता सेवा पनि सहयोगका लागि पहाडमा उक्लिएको थियो। (द स्ट्यान्डर्ड)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>