अपराध
घरायसी विषयमा झगडा हुँदा चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
०
काठमाडौँ, पुस २७-
रुपन्देहीमा श्रीमतीको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>