Breaking News

धरौटीमा रिहाको आदेशपछि रवि लामिछानेको सांसद पद के हुन्छ ?

Banner

चितवन,पुस २५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेलाईए जिल्ला अदालत कास्कीले सहकारी ठगी संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

२ कात्तिकमा पक्राउ परेका रविविरुद्ध ७ पुसमा जिल्ला अदालत कास्कीमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । त्यसपछि भएको थुनछेक बहसपछि बिहीबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मुद्दा दर्ता भएलगत्तै उनी सांसद पदबाट निलिम्बत भएका थिए । उनीविरुद्ध मुद्दा दर्ता भएको भोलिपल्ट ८ पुसमा संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको थियो । अब उनी यो मुद्दा थुना बाहिरबाटै लड्ने भएकाले सांसद पद के हुन्छरु भन्ने चासो छ । सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका सरकारी कर्मचारी वा जनप्रतिनिधि निलम्बित हुने कानुनी व्यवस्था भएका कारण यो मुद्दाको किनारा नलाग्दासम्म उनको पद निलम्बन कायम रहनेछ ।

बिहीबार थुनामा राखेर मुद्दा चलाउने कि बाहिरबाट भन्ने विषयमा मात्र आदेश भएको हो । लामिछाने निर्दोष वा दोषी ठहर भएका होइनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>