समाचार

अधिकृतमा प्रवेश गर्ने उमेर घटाउन लोक सेवाको सुझाव

Banner

काठमाण्डौँ, पुस १९-

लोक सेवा आयोगले अधिकृत स्तरको पदमा निजामती सेवामा प्रवेश गर्न उमेर हद घटाउन सुझाव दिएको छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा आयोगले सरकारले विधेयकमा प्रस्ताव गरेको सेवा प्रवेशको उमेर हद घटाउने प्रस्ताव उचित ठहर्‍याएको हो।

आयोगका अध्यक्ष माधव रेग्मीले समितिको बैठकमा सेवा प्रवेश गर्ने अधिकतम उमेर पुरूषको हकमा ३२ वर्ष र समावेशी समूह अन्तर्गतको महिला र अपाङ्गता भएकाको हकमा ३७ वर्ष कायम गर्न सुझाव दिएका हुन्।

सरकारले ल्याएको विधेयकमा पनि पुरूषको हकमा ३२ वर्ष र महिलाको हकमा ३७ वर्ष उमेर प्रस्ताव गरिएको छ। अहिलेको निजामती सेवा विधेयकमा पुरूषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्षसम्म सेवा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ। आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेशको उमेर घटाउने प्रस्ताव राख्नुका चार कारण समितिमा दिए।

पहिलो, रेग्मीले नेपालमा शिक्षाको पहुँच बढेका कारण सेवा प्रवेशको अवधि घटाउनु उचित हुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>