खेलकुद

नेपालमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

Banner

काठमाडौं, पुस १७-

नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो ।

नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ । फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।

नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक नोभेम्बरमा साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेलेको थियो ।

नेपालको महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरू पनि बिहीबारदेखि सुरू हुँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>