खेलकुद

भरतपुर मेयर्स कपः संस्थागत र सामुदायिक विद्यालयको समूह विभाजन

Banner

चितवन, पुस १५–

भरतपुर महानगरपालिकाको आयोजनामा हुने दोस्रो मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सहभागि टिहरुको समूह विभाजन गरिएको छ ।

सोमबार भरतपुर आयोजित एक कार्यक्रमकाबीच सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुको छुट्टाछुट्टै समूह विभाजन गरिएको हो । पहिलो चरणमा सामुदायिक विद्यालयहरु एकआपसमा भिड्ने छन् भने संस्थागत विद्यालयहरु प्नि एकआपसमा भिड्ने छन् । त्यसबाट छनोट भएका टिमहरुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणको छनोट प्रतियोगिता टी–२० विधामा खेलाइने छ भने दोस्रो चरणमा छनोट भएका उत्कृष्ट टिमहरुबीच दुई दिवसीय विधा (रातो बल)मा खेलाइने भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए । सोमबार गरिएको समूह विभाजनको ‘ड्र’ मा बाइ परेर लिटिल फ्लवार इङलिस बोर्डिङ स्कुल सिधै दोस्रो चरणमा प्रवेश पाएको छ । यस्तै पहिलो संस्करणको सेमीफाइनल पुगेका टिमहरु पनि स्वतः दोस्रो चरणमा प्रवेश पाएका छन् । यसपटक पहिलो चरणमा सामुदायिकतर्फ २१ विद्यालयबीच प्रतिस्पर्धा हुनेछ भने संस्थागततर्फ २३ विद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ड्र कार्यक्रममा नेपाली महिला यु–१९ टिमका मुख्य प्रशिक्षक महेश रिजाल, नेपालका आइसीसी अम्पायर विनय कुमार झा, चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पिया, सचिव सुरज ज्ञवाली, माडी संयोजक महादिप श्रेष्ठ, भरतपुर महानगर क्रिकेट संघका अध्यक्ष मनिष सापकोटा, प्रतियोगिताका डाइरेक्टर दिपेश श्रेष्ठ, राष्ट्रिय खेलाडी गौतम केसीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका पहिलो चरणका खेलहरु यही पुस १९ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा गर्ने तयारी छ ।

यस्तो छ समूह विभाजनः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>