चितवन विशेष
पाँच दिने लेभल १ अम्पायरिङ प्रशिक्षण सकियो
चितवन, पुस १४–
नेपाल क्रिकेट संघ (क्यान)ले दश वर्षपछि आयोजना गरेको लेभल १ अम्पायरिङ प्रशिक्षण आजबाट सकिएको छ ।
चितवनको भरतपुरमा भएको प्रशिक्षण कार्यक्रम सफतापूर्वक सम्पन्न भएको हो । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।
प्रशिक्षणको पुस १० गते क्यानका उपाध्यक्ष रोशन सिंहले समुद्घाटन गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै संघका चितवन अध्यक्ष सुदिप पियाले सहभागिहरुलाई आगामि यात्राको शुभकामना दिनुभयो । उहाँले चितवन बसाई सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिनुभयो ।
पाँच दिनसम्म चलेको प्रशिक्षणमा प्रदेशको तर्फबाट बागमती, गण्डकी, लुम्बिनीबाट २/२ जना सहभागि छन् भने जिल्ला संघको तर्फबाट काठमाडौं, चितवन, रुपन्देही र कास्कीबाट २÷२ जना, ललितपुर, नुवाकोट, भक्तपुर, मकवानपुर, नवलपुर, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङजा, बागलुङ, पर्वत र तनहुबाट एक/एक जना ओ लेभल गरेका अम्पायर सहभागि थिए ।
क्यानका लेभल २ अम्पायरहरु विनय कुमार झा, संजय गुरुङ र राम कैलाश यादवले प्रशिक्षण दिएका थिए । लेभल १ गरेका अम्पायरहरुले जुनियर लेभलका राष्ट्रियस्तरका प्रतियोगिताहरु सम्म खेलाउन पाउने छन् ।
क्यानले चितवनसंगै कोहलपुर र बिराटनगरमा पाँच दिने प्रशिक्षण गरेको हो ।