चितवन विशेष
चितवन, काठमाडौंसहित ६ सहर प्रदूषित
०
चितवन, पुस १४-
वायुको गुणस्तरका आधारमा आज (आइतबार) चितवन, काठमाडौंसहित ६ वटा सहर प्रदूषितको सूचीमा परेका छन् । वातावरण विभागका अनुसार पछिल्लो २४ घन्टामा चितवनको भरतपुर, काठमाडौं उपत्यकाका तीन जिल्ला, धनुषाको जनकपुर, दाङको देउखुरी र धनकुटा अस्वस्थकर देखिएको हो।
सो अवधिमा यी ६ सहरको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ । सबैभन्दा धेरै काठमाडौंको रत्नपार्कमा एक्युआई १८७ पुगेको विभागको तथ्यांक छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>