खेलकुद

वडा अध्यक्ष कप भेट्रान फुटबलको उपाधि हाम्रो टोललाई

Banner

चितवन, पुस १३-

वडा अध्यक्ष कप टोल स्तरीय भेट्रान फुटबलको उपाधि हाम्रो टोल सुधार समितिले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा नौरङ्गे टोल सुधार समितिलाई पराजित गर्दै हाम्रो टोलले उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा हाम्रो टोललाई जिताउन कप्तान रविन्द्रकुमार श्रेष्ठले गोल गरे । पहिलो हाफले उनले गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो । नौरङ्गेले पाएको केही अवसर सदुपयोग गर्न नसक्दा उपाधि हाम्रो टोललाई सुम्पिन वाध्य भयो । रविन्द्र फाइनलको प्लेयर अफ दि म्याच बने ।

उपाधि विजेता हाम्रो टोलले ट्रफीसहित ४० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित नौरङ्गेले २० हजार रुपैयाँ प्राप्त गरेको छ । हाम्रो टोलका कप्तान रविन्द्रकुमार श्रेष्ठ प्रतियोगिताभरको उत्कृष्ट स्ट्राईकर बने । यस्तै नौरङ्गेका हिरामान दराई सर्वाधिक गोलकर्ता बन्दा नौरङ्गेकै तिर्थराज शर्मा उत्कृष्ट डिफेन्डर तथा मदन दराई उत्कृष्ट मिड फिल्डर बने । उता हाम्रो टोलका ओमबहादुर लामिछाने उत्कृष्ट गोलकिपर घोषित भए ।

विजेतालाई बागमति प्रदेश सभा सदस्य ईश्वर सापकोटा (सुमन), भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि), चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिता भरतपुर १२ को वडा कार्यालय र वडा खेलकुद बिकास समितिले संयुक्त आयोजना गरेका हुन् । भरतपुर १२ रामवेल वनको मैदानमा भएको प्रतियोगितामा १३ टोली सहभागी भएको वडा खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु दराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>