चितवन विशेष

पत्रकारद्वय पाठक र बानियाको उपचारका लागि भरतपुर अस्पतालका अध्यक्ष पौडेलको सहयोग

Banner

भरतपुर,पुस ९-

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले पत्रकार महासंघ चितवनका दुई सदस्यको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

अर्बुद रोगका कारण उपचार गराइरहेका पत्रकारद्वय भूपराज पाठक र संगीता बानियाको उपचारका लागि पौडेलले आर्थिक सहयोग गर्नुभएको हो । मंगलबार पौडेलले पत्रकार महासंघ चितवन शाखा मार्फत उपचार कोषमा बाइस हजार दुई सय बाइस रुपैयाँ सहयोग गर्नुभयो ।

क्यान्सर रोग लागेकी आमाले रोगलाई जितेसंगै पौडेलले क्यान्सरका बिरामीको उपचारमा सहयोग गर्दै आउनु भएको छ । सोही अनुसार पत्रकारहरु बिरामी भएको थाहा पाएर सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले आफ्ना कम्पनी मार्फत भएको मुनाफाबाट यसरी सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>