समाचार

कीर्तिपुरको फोहोर सफा गर्न स्ववियुले बोलायो क्यान र सरोकारवाला

Banner

काठमाडौं,पुस ८-

त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)का कारण भएको फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवालालाई बोलाएको छ । सोमबार त्रिविको केन्द्रीय क्‍याम्पस स्ववियुले सार्वजनिक सूचना निकालेर नेपाल क्रिकेट संघ (क्यान)लगायतका सरोकारवालाई विश्वविद्यालय परिसरभित्रको फोहोर सफा गर्न अपिल गरेको हो ।

स्ववियु सभापति श्यामराज ओझाले सूचना जारी गर्दै भनेका छन्, ‘‘एनपीएल खेलकुदका कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसर वरिपरि असाध्यै फोहोर वातावरण सिर्जना भएकाले उक्त वातावरण सरसफाइ अभियानमा सहभागी भइ स्वच्छ, सफा, शान्त शैक्षिक वातावरण निर्माणका लागि अग्रसह भइदिनुहुनु सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, स्थानीय जनसमुदाय, क्यान परिवार तथा सम्पूर्ण सरोकारवाला व्‍यक्तित्वहरूमा सार्वजनिक अपिल गर्दछौं।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>