समाचार

अदालतले थुन्ने अनुमति नदिएपछि रविको हिरासतको फोटो सार्वजनिक गरेका निकोलस रिहा

Banner

काठमाण्डौँ, पुस ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा। निकोलस भुसाल रिहा भएका छन्। कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो।

आइतबार राति काठमाडौँको थलीबाट प्रहरीले पक्राउ गरी सोमबार बिहान उनलाई पोखरा लगेको थियो। उनलाई आजै अदालतमा उपस्थित गराएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति माग गरेको थियो। तर नवराज दाहालको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो।

हिरासतमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाहीको माग गर्दै बिरोध गरिरहेको थियो। तर तस्बिर आफूले खिचेको भन्दै निकोलसले सामाजिक सञ्जालमार्फत स्वीकार गरेका थिए। उनले आफूले रवि लामिछानेलाई भेटेर फर्किने क्रममा सीसीटीभी मनिटर रुमबाट तस्बिर लिएको बताएका थिए।

अदालतले थुनामा राख्न अनुमति नदिए पनि उनलाई थुनाबाहिरै राखेर अनुसन्धान अगाडी बढाउने कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए। निकोलसविरुद्ध प्रहरीले साइबर क्राइम अन्तरगतको कसुरमा अनुसन्धान अगाडी बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>