Breaking News
रविको सांसद पद निलम्बन
०

काठमाडौँ, पुस ८-
रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ। सोमबार संघीय संसद सचिवालयलेएक सूचना जारी गर्दै रवि लामिछानेको पद निलम्बनमा परेको जानकारी दिएको हो।
कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ।
सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























