क्रिकेट

यी हुन् एनपीएलमा सर्वाधिक रन बनाउने १० खेलाडी

Banner

काठमाडौँ, पुस ६–

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक रन बनाउने खेलाडीमा विदेशी खेलाडीहरु नै रहेका छन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई उछिन्दै विदेशी खेलाडीहरुले शीर्ष स्थान कब्जा गरे । यस प्रतियोगिता सर्वाधिक रन बनाउने १० खेलाडीको चर्चा गर्दैछौं ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्था रहे । उनी फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम विरुद्ध ८७ रनको महत्वपूर्ण पारी खेले । उनकै उत्कृष्ट प्रदर्शनले १८५ रनको विशाल लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको च्याम्पियन बन्यो । मिलन्थाले १० खेलमा २९३ रन बनाए ।

यस्तै दोस्रो स्थानमा चितवन राइनोजका विदेशी खेलाडी रवि बोपारा रहे । उनले ८ खेलमा २८६ रन बनाए । चितवनलाई प्ले अफसम्म पु¥याउन बोपाराको प्रदर्शन महत्वपूर्ण रह्यो । तेस्रो स्थानमा नेपाली राष्ट्रिय टिम एवं लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहन पुगे । उनले ७ खेलमा २७९ रनको पारी खेले ।

सर्वाधिक रन बनाउने नेपाली खेलाडीमा रोहित पहिलो स्थानमा रहे । यस्तै सुदूरपश्चिम रोयल्सका सैफ अली जैव ९ खेलमा २७५ रन बनाउँदै चौथो स्थानमा रहे । २४७ रन बनाएका जनकपुर बोल्ट्सका जेमी निसम पाँचौं स्थानमा रहँदा २३५ रन बनाएका सुदूरपश्चिमका विनोद भण्डारी छैटौं स्थानमा रहे ।

त्यसैगरि सुदूरपश्चिमकै दीपेन्द्र सिंह ऐरी २२७ रनका साथ सातौं स्थानमा रहँदा २२४ रन बनाएका पोखरा एभेन्जर्सका एन्ड्रिज गौस आठौं स्थानमा रहे । उनी पहिलो संस्करणको एनपीएलमा शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी बने । चितवन राइनोजका कप्तान कुशल मल्ल २२३ रनका साथ नवौं स्थान रहे भने सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन २०१ रनका साथ दशौं स्थानमा रहे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>