समाचार
धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान
०
जुम्ला, पुस ६-
जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई धावक हरिबहादुर रोकायाले निःशुल्क जग्गा दान गर्नुभएको छ । उहाँले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गर्नुभयो ।
जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । उहाँले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिनुभयो ।
जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>